images
images
  • नाजा संगः सूर्यवंशीको नयाँ गीतमा रोमान्सको मुडमा देखिए अक्षय, कैटरिना कैफले मारिन् मुक्का

    बलिउडमा सुपरहिट गीतलाई रीक्रियट गरेर नयाँ स्वादको साथ दर्शकको सामुन्ने पस्कने चलन धेरै सालदेखि चलिआएको छ । अक्षय कुमारको फिल्म सूर्यवंशीमा पनि तपाईलाई यस्तै देख्न मिल्नेछ । मेकर्सले यस फिल्मको नयाँ गीत नाजा रिलिज गरेको छ जुन पुरानो र सुपरहिट पंजाबी गीत हो ।

    यस गीतलाई बलिउडको खिलाडी कुमार यानि अक्षय कुमार र कैटरिना कैफमाथि छायांकन गरिएको छ । गीतमा देखिएको कैटरिना कैफको कातिलाना डान्स मुव्स कसैलाई पनि आफ्नो दिवाना बनाउन सक्दछ । नाजा गीतलाई देखेर तपाई एक पटक पुरानो यादमा हराउनुहुन्छ ।

    बताइदिउँ कि यस गीतलाई देखेर एक पटक त तपाईलाई यस्तो लाग्दछ कतै यो अक्षय कुमार र कैटरिना कैफको कुनै पुरानो फिल्मको गीत त होइन ? यस गीतमाा अक्षय कुमार र कैटरिना कैफको सालौं पुरानो वाला अन्दाज ने देख्न मिल्दछ । अक्षय कुमाार र कैटरिना कैफ बलिउडको सुपरहिट जोडिमध्ये एक हो । यसको सबैभन्दा ठूलो कारण यो हो कि पर्दामा यी दुवैले आफ्नो केमेस्ट्रीले आगो लगाउँदछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images