images
images
  • रोहितको सिरिजमा पनि पुलिसकै कथा

    काठमाडौं- हलिउडझैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारीसाथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन् । ‘सिंघम’बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बा र सूर्यवंशीसम्म पुर्‍याइसकेका छन् । पुलिसकै कथामा तीनवटा फिल्मलाई दर्शकमाझ ल्याइरहेका रोहितले बलिउड फिल्ममा ुकप युनिभर्सु तयार गरिसकेका छन् ।

    कप युइनिभर्समा ‘सिंघम’बाट सिम्बा हुँदै सूर्यवंशी साम सामेल छन् । अब उनले पुलिसकै कथालाई सिरिजमा समेत देखाउने तयारी थालेका छन् ।

    आउँदो वर्ष सन् २०२२ मा छायांकन हुने सिरिजका लागि रोहितले सिद्धार्थ मलहोत्रालाई कास्टसमेत गरेका छन् । केही समय अगाडि सिद्धार्थ अभिनित फिल्म ुशेरशाहु हिट भएपछि एक पटक पुनः त्यस्तै भूमिकामा रोहितले देखाउने तयारी गरिरहेका छन् । यसबारे रोहितले सिद्धार्थसँग भेटघाट गरेर कुराकानीसमेत अगाडि बढाइसकेका छन् ।

    प्राइम अमेजन भिडियोमा प्रिमियर हुने सिरिजलाई सुशान्त प्रकाशले निर्देशन गर्नेछन् । यद्यपि, यसको कथा, एक्सन डिजाइन सम्पूर्ण रोहितकै परामर्शमा तयार हुनेछ ।

    यो सिरिजलाई रोहितको प्रोडक्सन कम्पनीले निर्माण गर्दै छ । रोहितले सिरिजमै पनि प्रहरीको लुकेको वीरताको कथालाई प्रस्तुत गर्ने तयारीअनुरूप सुरुवात थाल्दै छन् । उनले यसलाई निरन्तरता दिने बताएका छन् । न्युज कारखाना

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images