images
images
  • राष्ट्रपति भण्डारीले गरिन् दक्षिण एसियाकै ठूलो स्याउ फार्मको अनुगमन

    मनाङ-राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन र वातावरणलाई प्रत्यक्षरूपमा असर गर्ने कारकतत्वको न्यूनीकरणका लागि मानव जाति सचेत हुनुपर्ने बताएकी छन्। सोमबार मनाङमा एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनपछि निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्नुपर्ने उनले बताइन्।

    जलवायु परिवर्तनका कारकतत्वको पहिचान गरी तिनको न्यूनीकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने पनि उनले बताइन्।वातावरणीय सन्तुलन कायम राख्न वन जङ्गल र वनस्पतिको महत्वपूर्ण योगदान रहने भन्दै यसका लागि मानव जातिको मुख्य भूमिका रहेको उनको भनाइ थियो।सबैले मिलेर वातावरण जोगाएमात्र मानव जातिको अस्तित्व जोगिन्छ भन्ने चेतना र अठोटका साथ लाग्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन्।

    गत असार १ गते आएको बाढीपहिरोको कारण हिमाली जिल्ला मनाङलाई तहसनहस बनाउँदा दुखित तुल्याएको उनले बताइन्। ‘मौसम अनुकूलताका आधारमा गरिएको खेती तथा व्यवसायले व्यक्ति र देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सहयोग पुग्छु, उनले भनिन्।

    bidya devi 3

    विश्वभर जलवायु परिवर्तनले असर गरिरहेको अवस्थामा नेपाल पनि अछुतो नरहेको बताउँदै राष्ट्रपति भण्डारीले यसका कारकहरुको न्यूनीकरणमा लाग्न सबैलाई आग्रह गरिन्। जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष देखिएको उनले बताइन्। जलवायु परिवर्तनले हिम रेखामाथि सर्दै गएको बताउँदै उनले यसलाई यथास्थितिमा कायमै राख्न मौसम अनुकूलनका उत्पादन र प्राकृतिक सम्पदाको संरक्षणमा ध्यान दिनुपर्ने बताइन्।

    हिमाली क्षेत्रमा उत्पादन हुने वस्तु र प्राकृतिक वस्तुको संरक्षणमा यहाँका बासिन्दाले प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।विश्वका ठूला देशहरुका कारण त्यसको असर हामीले भोग्नुपरिरहेको छ भन्दै राष्ट्रपति भण्डारीले मानव जातिकै लागि हामीहरुले पनि विश्वलाई सचेत गराइरहनुपर्ने बताइन्।उनले सोमबारदेखि स्कटल्याण्डमा सुरु हुन लागेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन र त्यसमा नेपालको प्रतिनिधित्वको स्मरण पनि गरिन्।

    यस्ता सम्मेलनमार्फत् हामीले पनि हाम्रा हिमाली बस्ती मात्र नभएर देशमा जलवायु परिवर्तनले पारेका प्रभावबारे विश्वलाई जानकारी गराइरहनुपर्ने उनको धारणा थियो ।राष्ट्रपति भण्डारी सोमबार मनाङ आएकी हुन्। उनले मनाङमा सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकन भ्रमण गरिन्। त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रबारे पनि उनले जानकारी लिइन्।

    राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण यस हिमाली जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि जानकारी लिएकी छन्।प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले सञ्चालन गर्दै आएको एग्रो मनाङ प्रालि नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म हो।यहाँ इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेन जातका स्याउ लगाइएको छ ।

    ७३५ रोपनी क्षेत्रफलमा उक्त फार्म सञ्चालनमा छ।स्थानीय सरकारका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवं सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति भण्डारीले यहाँको अवस्थाबारे सोधपुछ गरेकी थिइन्।

    1 2

    3

    4

    5

    प्रतिक्रिया दिनुहोस्
    images
    images