डेढ महिनाअघि सिद्धार्थ शुक्लाको असामयिक मृत्यु भएको थियो । उनको मृत्युपछि उनकी प्रेमिका शहनाज गिल निकै टुटेकी थिइन् । अहिले आएर शहनाज गिलले शिद्धार्थ शुक्लाको असामयिक निधनपछि उनलाई समर्पित गर्दै ुतु यहीँ हैु बोलको गीतको भिडिओ सार्वजनिक गरेकी छन् । राज रन्जोधको शब्द तथा संगीतमा बनेको यो गीतको भिडिओ निर्देशन बल देवले गरेका हुन् । गत सेप्टेम्बरमा हृदयघातबाट सिद्धार्थको निधन भएको थियो । रियालिटी सो ‘बिग बोस सिजन १३’ का विजेता सिद्धार्थ र शहनाज गिल सोमा सँगै सहभागी भएका थिए ।
शुक्रबार सार्वजनिक गीतमा बिग बोसमा शहनाजले सिद्धार्थसँग बिताएका क्षणहरुको फुटेजसमेत प्रयोग गरिएको छ । बिग बोसमा यी दुईबीचको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए। यो गीतले पनि दर्शकबाट धेरै माया पाइरहेको छ ।
यी दुई जोडीको बिग बासमामा हुँदा प्रेम झांगिएको थियो । यिनीहरुले बिहे गर्ने तयारी गरिरहेको खबरसमेत प्रकाशित भएका थिए । प्रेमीको मृत्युपछि आहत भएकी शहनाजले सिद्धार्थलाई सम्झेर तयार पारेको यो भावनात्मक गीत हो। गीतले यो जोडिका प्रशंसकहरुलाई समेत भावुक बनाएको भन्दै भिडियोमा प्रतिक्रिया दिएका छन् ।
भिडिओ सार्वजनिक भएको केही घन्टामै म्युजिक भिडिओले लाखौंको ध्यान खिच्न सफल रह्यो । गीत छोटो समयमै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पुगेको हो। ‘तु यहीँ है’ ले हालसम्म १ करोड पचास लाख भ्युज पाइसकेको छ।
गीत शहनाजले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्


विश्व खबर 



















