शहनाज गील अहिले पनि सिद्धार्थको मृत्युको शोक मनाइरहेकी छिन् जुन उनले हालसालै रिलिज गरेको ट्रीब्युटमा देख्न सकिन्छ । यद्यपि सिद्धार्थ फैंसहरुद्धारा उनी नराम्ररी ट्रोल भएकी छिन् । फैंसहरु सोच्दछन् कि तिनले आफ्नो फाइदाको लागि सिद्धार्थको नामको प्रयोग गरिरहेकी छिन् ।
शुक्रवार शहनाजले सिद्धार्थको शुक्लाको नाममा तु यहीं है ट्रीबयुट रिलिज गरेकी थिइन् । यो एउटा भिडियो थियो जसले उनी र सिद्धार्थ बीचको सुन्दर सम्झनाहरुलाई समेटेको थियो । उनले जसै यो भिडियो सोशल मिडिया र युट्युबमा शेयर गरिन् केही फैंसहरुले सम्झिए कि उनले आफ्नो फाइदाको लागि सिद्धार्थको नामको प्रयोग गरिरहेकी छिन् ।
सिद्धार्थ शुक्लाको फ्यानहरुले जान कुमार सानु र अमित टण्डनलाई पनि उनीहरुले आफ्नो फाइदाको लागि सिद्धार्थको नाम प्रयोग गरेको भनेर ट्रोल गरे । यसमा प्रतिक्रिया दिदैं बीग बास १४ का प्रतियोगी अलि गोनी शहनाजको पक्षमा उभिए । अलिले शहनाजको पक्षमा ट्वीट गरेका छन् ।


विश्व खबर 



















