images
images
  • जबरजस्ती करणीसहित दुई मुद्दामा लिखुतामाकोसी गाउँपालिका अध्यक्ष खड्काले पाए सफाइ

    रामेछाप । जबरजस्ती करणी र शरीर बन्धक मुद्दामा जिल्लाको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले सफाइ पाएका छन् । जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले मङ्गलबार अध्यक्ष खड्कालाई सफाइ दिएको जिल्ला अदालत रामेछापका रजिष्ट्रार रामप्रसाद पौडेलले बताए ।

    अध्यक्ष खड्कालाई दुई वटै मुद्दामा दाबी नपुग्ने भन्दै जिल्ला अदालतले सफाइ दिएको हो । डेढवर्ष अघि लिखु तामाकोशी गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत एक महिलाले आफु माथि अध्यक्ष खड्काले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जर्वजस्ती करणी उद्योगमा मुद्धा दर्ता गराएकी थिइन ।

    त्यस्तै गाउँपालिकामा सडक निमार्ण गर्न गठित उपभोक्ता समितिका पदाधिकारी दर्पण घिसिङलाई गाउँपालिकाको कार्यालयमा कोठामा थुनी योजनाको रकम भुक्तानी दिन दबाव दिएको भन्दै अध्यक्ष खड्कामाथि शरीर बन्धक मुद्धा प्रहरीमा दर्ता गराएका थिए ।

    जबरजस्ती करणी मुद्दामा भने खड्कालाई पुर्पक्षका लागि जेल समते चलान गरिएको थियो ।
    तर, उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि अध्यक्ष खड्का चार महिना जेल बसेर तारेखमा रिहा हुनुभएको थियो । आफूमाथि राजनीतिक प्रतिशोधको आधारमा मुद्दा लगाईएको अध्यक्ष खड्काले दाबी गर्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images