images
images
  • २५ दिन पछि शाहरुख खानका छोरा आर्यनलाई मिल्यो जमानत, अब मन्नत जाने

    विभिन्न आरोह अवरोह पछि अन्तत बम्बई उच्च अदालतले लागू औषध मुद्दामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई जमानतमा छाड्न आदेश दिएको छ । उनलाई २५ दिनपछि जमानत मिलेको हो ।

    तल्ला अदालतले नछाडेपछि आर्यन आफ्ना कानुन व्यवसायीमार्फत बम्बई उच्च अदालत पुगेका थिए। उच्च अदालतमा आर्यनका तर्फबाट पूर्व महान्यायाधिवक्ता मुकुल रोहाट्गीसहितका कानुन व्यवसायीले बहस गरेका थिए।

    न्यायाधीश नितिन साम्ब्रेको इजलासमा सतिस मानसिन्धे र अमित देसाईले पनि आर्यनको पक्षमा बहस गरेका थिए। क्रुजभित्र भएको पार्टीमा लागूऔषध सेवन सम्बन्धी घटनामा भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोले आर्यनलाई पक्राउ गरी हिरासतमा राखेको थियो।

    आर्यन खानको केसमा उनलाई पक्रिने समीर वानखडेलाई उनीबाट पैसा लिन खोजेको भनेर आरोप पनि लगाइएको थियो । सरकारी कानुन व्यवसायीले आर्यन लागू औषध सेवनकर्ता नभएपनि उनी कारोबारी भएको इजलासमा जिकिर गरेको थियो। क्रुजमा छापा मार्दै आर्यनलाई अन्यसात जनासहित अक्टोबर ३ तारिखमा पक्राउ गरिएको थियो। पछिल्लोपटक हदालतबाट थपिएको म्याद अक्टोबर ३० तारिखसम्म रहेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images