images
images
  • संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

    काठमाडौं-सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

    २३ भदौमा शुरु भएको अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । एमालेको अवरोधका बीच सरकारले नयाँ बजेट ल्याएपनि अरु विधेयक अघि बढाएन ।

    यस्तै बैठकले विभिन्न तीन देशका राजदूत सिफारिस गरेको छ । बैठकमा प्रधानमन्त्रीको बेलायत भ्रमणका विषयमा पनि छलफल गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images