काठमाडौँ । बलिवुड अभिनेत्री कट्रिना कैफले आफ्नो विवाह बारे चलाइएको खबर झुटो भएको बताएकी छन् । एक अन्तर्वार्तामा कट्रिनाले अभिनेता विक्की कौशलसँग डिसेम्बरमा विवाह हुन लागेको खबर झुटो भएको बताएकी हुन् । भारतीय मिडियामा कट्रिना र विक्कीले आगामी डिसेम्बरमा विवाहको तयारी गरेको समाचार प्रकाशित भएको थियो ।
अन्तर्वार्तामा कट्रिनाले आफ्नो विवाहको खबर सत्य नभएको बताउदै पछिल्लो १५ बर्षदेखि यस्तो खबर चलिरहेको प्रतिक्रिया दिएकी छन् । कट्रिनाले भनेकी छन्- ‘यो कुरामा कुनै सत्यता छैन । मैले विवाह गर्ने योजना बनाएकी छैन । हरेक पटक मसँग प्रश्न गरिन्छकी विवाह कहिले गर्दै छु । पछिल्लो १५ बर्षदेखि यहि प्रश्न सोधिदै छ ।’
पछिल्लो समय कट्रीना र विक्की प्रेम सम्बन्धमा रहेको विभिन्न मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । कट्रिनाको फिल्म सुर्यबंशी रिलिजको तयारीमा रहेकाले मिडियामा यस्तो खबर फैलाइएको अनुमान गरिएको छ । बलिवुडमा सेलिब्रेटीहरु आफ्नो फिल्म रिलिजको समयमा चर्चामा रहने रणनिति अनुरुप यस्ता खबर फैलाउने र पछि खण्डन गर्ने पुरानै परम्परा रहदै आएको छ ।
कट्रिना अभिनित फिल्म सूर्यवंशी नोभेम्बर ५ मा रिलिज हुदै छ ।


विश्व खबर 



















