images
images
  • आर्यन खानको ड्रग्स केसमा नयाँ खुलासा, आर्यनले अनन्यासँग मागे गाँजा, साथीलाई देखाए एनसीबीको डर

    शाहरुख खानका छोरा आर्यन खानको ड्रग्सको मामिलामा हरेक दिन नयाँ–नयाँ खुलासा भइरहेका छन् । ड्रग्स केसमा आर्यनपछि अब अनन्या पाण्डे पनि मुश्किलमा फसिरहेको देखिएकी छिन् । ड्रग्सको विषयमा आर्यन र अनन्या पाण्डेको नयाँ च्याट भेटिएको छ । आर्यन र अनन्याको च्याटमा ड्रग्सको लेनदेनका साथै एनसीबीको पनि कुरा गरिएको छ ।

    आर्यनले च्याटमा साथीहरुलाई एनसीबीको नाममा डर देखाइदिएः

    आर्यन खान र अनन्या पाण्डेबीच चकित पारिदिने ह्वाट्सएप च्याटका जुन स्क्रिनसट सार्वजनिक भएका छन्, त्यसमा एउटा स्क्रिनसट ग्रुप च्याटको पनि छ । यसमा आर्यनलाई ‘कोकेन टुमोरो’ को प्रस्ताव दिइरहेको देखिएको छ । यस्तै, एउटा च्याटमा आर्यनले ‘एनसीबी’ को नाममा आफ्ना साथीहरुलाई धम्काइरहेको पनि देखिएका छन् ।

    के बारे छ ह्वाट्सएप च्याट ?

    ह्वाट्सएप च्याटमा आर्यन खान एक अचित कुमारसँग थोकमा ड्रग्स खरिद गर्ने कुरा गरिरहेका छन् । आर्यन खानले अचित कुमारसँग ८० हजार भारुको ड्रग्स (गाँजा) मगाएका थिए ।

    च्याटमा अनन्या–आर्यनसँग केबारे कुरा भयो ?

    पहिलो च्याट मेसेज जुलाई सन् २०१९ को हो । यी ह्वाट्सएप च्याटमा अनन्या पाण्डे र आर्यन खान ड्रग्सबारे चर्चा गरिरहेको देखिए, जसलाई आर्यनले विड (गाँजा) बताए । यसबारे अनन्याले यसको अत्यधिक माग भएको बताइन् ।

    आर्यन खानले भने – म तिमीबाट गोप्य रुपमा लिनेछु ।

    अनन्या पाण्डे – ठिक छ

    आर्यन : विड

    अनन्या : यसको अत्यधिक माग छ

    आर्यन : म तिमीबाट गोप्य रुपमा लिनेछु ।

    अनन्या : ठिक छ

    त्यसै दिन आर्यन र अनन्याको दोस्रो च्याटः

    अनन्या : म अब यो व्यवसायमा छु

    आर्यन : तिमीले विड ल्याएकी छौ ?

    आर्यन : अनन्या

    अनन्या : म भएठाउँ आउँदैछ ।

    आर्यनले च्याटमा अन्य स्टार किड्ससँग पनि कुरा गरेः

    आर्यन खानको फोनमा पाइएको ह्वाट्सएप डाटामा अन्य दुईजनासँग पनि ड्रग्समाथि भएको ग्रुप च्याट पनि सार्वजनिक भएको छ । एनसीबीसँग आर्यन खानका ती सबै च्याट छन् जसमा उनको ड्रग्सको विषयमा अनन्या पाण्डेबाहेक तीन अन्य सेलिब्रिटी किड्ससँग पनि कुरा भएको छ ।

    च्याटको विषयमा अनन्या – आर्यनसँग भइरहेको छ सोधपुछः

    एनसीबी अब यी च्याटको आधारमा आर्यन र अनन्यासँग सोधपुछ गरिरहेको छ । आर्यन खान जहाँ हाल आर्थर रोड जेलमा बन्द छन्, यस्तै एनसीबीले अनन्या पाण्डेसँग दुई राउन्ड सोधपुछ पूरा गरिसकेको छ । इन्डिया टुडे टिभीमा अब यी च्याट भेटिएका छन् जुलाई एनसीबीले मुम्बई क्रुज ड्रग्स मामिलामा प्रमाणको रुपमा आफूसँगै राखेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images