images
images
  • ‘छिछोरे’ले पाएको राष्ट्रिय अवार्ड सुशान्तलाई समर्पित

    साजिद नाडियावालाद्वारा निर्मित ‘छिछोरे’ले ६७ औँ राष्ट्रिय फिल्म अवार्डमा उत्कृष्ट हिन्दी फिल्म अवार्ड पाएको छ । सन् २०१९ भरिमा प्रदर्शनमा आएका फिल्म मध्येबाट छिछोरे उत्कृष्ट हिन्दी फिल्म बनेको हो ।

    फिल्मले पाएको अवार्ड यसका मुख्य अभिनेता स्वर्गीय सुशान्तसिंह राजपूतलाई समर्पित गरेको निर्माताले बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्विटरमा सुशान्त र आफ्नो फोटो राख्दै अवार्ड सुशान्तलाई समर्पित गरेको जनाएका हुन् ।

    सन् २०२० मै प्रदान गर्ने भनिएको अवार्ड कोरोनाका कारण समयमा हुन पाएको थिएन । गत मार्चमा घोषणा गरिएको ६७ औँ राष्ट्रिय फिल्म अवार्ड सोमबार वितरण गरिएको थियो। नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा सुशान्तसहित श्रद्धा कपूर, वरुण शर्मा, नवीन पोलिसेट्टी, तुशार पाण्डेलगायत कलाकारको मुख्य भूमिका थियो।

    गत वर्ष जुन १४ मा सुशान्तको ३४ वर्षको उमेरमा निधन भएको थियो। सुरुवाती अनुसन्धानले सुशान्तले आत्महत्या गरेको ठहर गरेको थियो ।

    chichore

    प्रतिक्रिया दिनुहोस्
    images
    images