काठमाडौं-पाँचथर बस दुर्घटनाका घाइतेहरुलाई उद्धार गर्न सरकारले नेपाली सेनाको हेलिकप्टर पठाएको छ ।नेपाली सेनाको एमआइ १७ हेलिकप्टर पठाइएको गृह मन्त्रालयकाले जनाएको छ ।
पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ जना घाइते भएका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरेको थियो ।
तीनवटै अस्पतालका स्वास्थ्यकर्मीहरू घाइतेहरूको उपचारमा जुटे पनि अधिकांश घाइतेहरूको अवस्था गम्भीर हुनाले उपचार हुन सकिरहेको थिएन्न्। अधिकांश घाइतेहरू रगतपच्छे अबस्थामा भएको र जिल्ला अस्पतालमा बेड खाली नभएपछि वैकल्पिक व्यवस्थापन समेत सकेका थिएन्न् ।
तर, अधिकांश घाइतेहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजानुपर्ने अवस्था देखिएको थियो । कतिपय घाइते बोल्न नसक्ने अवस्थाका छन् भने केही बालबालिकासमेत छन् । हालसम्म फिदिममा उपचाररत १२ जना घाइतेहरूलाई थप उपचारका लागि तराईका अस्पतालहरूमा रिफर गरिएको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार घाइतेहरूलाई बाहिर जिल्लाका अस्पतालमा रिफर गर्न एम्बुलेन्ससमेत अभाव भएको थियो ।
यो पनि पढ्नुहोस्: थप उपचारको प्रतीक्षामा पाँचथर बस दुर्घटनाका घाइते


विश्व खबर 



















