काठमाडौं-हिजो मात्रै एमालेको वडाध्यक्ष बनेका सिन्धुपाल्चोकका एक नेताले आफू माओवादी केन्द्रमै रहेको भन्दै विज्ञप्ति जारी गरेका छन्। चौतारा साँगाचोकगढी नगरपालिका ४ मा शनिबार एमालेको वडाध्यक्ष बनेका रुद्रप्रसाद सापकोटाले आफू माओवादी केन्द्रमै रहेको जनाएका हुन्। आफूलाई छलफल गर्नु छ भनेर बोलाएर बडाध्यक्ष बनाइएको भन्दै उनले त्यसप्रति असहमति जनाएका हुन्।
‘एमालेका केही जिम्मेबार व्यक्तिहरुले तपाईंसँग छलफल छ भनी बोलाएर मलाई एमालेको वडाध्यक्ष बनाएता पनि उक्त पार्टीप्रति मेरो कुनै संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु,’ सापकोटाले शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एमालेप्रति मेरो कुनै आस्था, विश्वास छैन। मेरो आफ्नो संगठन नेकपा (माओवादी केन्द्र)को सदस्यता यसअघि नै नविकरण गरिसकेको सम्पूर्ण वडाबासीमा अवगत गराउँदै अनावश्यक भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु।’
चौतारा साँगाचोकगढी नगरपालिका सभामुख अग्नीप्रसाद सापकोटा निर्वाचित भएको क्षेत्र हो।
हेर्नुस् प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्: एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको वडा सचिवमा निर्वाचित भएपछि‘


विश्व खबर 



















