images
images
  • ओह माय गाड २ मा भगवान शिवको भूमिका निभाएका छन् अक्षय कुमारले

    अक्षय कुमारले फाइनली आफ्नो आगामी फिल्म ओह माय गाड २ को शुटिंग शुरु गरेका छन् । अक्षयले उज्जैनमा उज्जैनमा महाकलेश्वर ज्योतिर्लिगको दर्शनको साथ ओह माय गाड २ को शुटिंग शुरु गरेका छन् । साल २०१२ मा अक्षय र परेश रावलको ओह माय गाडको सिक्वेल, ओह माय गाड २ मा अक्षय भगवान शिवको भूमिकामा देखिनेछन् ।

    अक्षयले ओह माय गाड २ बाट आफ्नो शिव लुकको साथ फिल्मको फस्र्ट लुक शेयर गर्दै लेखेका छन्, “कर्ता करे न कर सके, शिव करे सो होय….। ओएमजी २ को लागि तपाईको आशिर्वाद र शुभकामनाको आवश्यकता छ । सामाजिक मुद्दामा चिन्तनको यो हाम्रो इमान्दार र विनम्र प्रयास हो । आदि योगी हामीलाई आशिर्वाद दिनु्स् ।”

    अक्षयले फिल्मको दुईवटा पोस्टर रिलिज गरेका छन् । जसमा पहिलो पोस्टरमा भगवान भक्तको हाथमा थामेको देखिएको छ भने अर्को पोस्टरमा अक्षय खुद महादेवको रुपमा देखिएका छन् ।

    ओह माय गाड २ मा अक्षयको अलावा पंकज त्रिपाठी र यामी गौतम पनि मुख्य भूमिकामा देखिनेछन् । अक्षयले फिल्मको को स्टार पंकज त्रिपाठीको साथ महाकालको नगरी उज्जैनमा बाबा महाकालको दर्शन गरेका छन् । यस पछि उनले आफ्नो फिल्मको पोस्टर रिलिज गरेका छन् ।

    अमित रायको निर्देशनमा बनेको ओह माय गाड २ भारतीय शिक्षा प्रणालीमा आधारित छ ।

    oh

    प्रतिक्रिया दिनुहोस्
    images
    images