images
images
  • ड्रग्स प्रकरण: अभिनेत्री अनन्या पाण्डेसँग दुई घण्टा बयान, आज पनि बोलायो

    काठमाडौँ । बलिवुड अभिनेत्री अनन्या पाण्डेलाई ड्रग्स प्रकरणमा नार्कोटिस कन्ट्रोल ब्युरो (एनसीबी) ले बयान लिएको छ ।

    विहिबार घरमै पुगेर नोटिस दिएको एनसीबीले विहिबार नै दुई घण्टाभन्दा बढी बयान लिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अनन्यालाई शुक्रबार ११ बजे पनि बयानक लागि फेरी बोलाएको छ ।

    शाहरुख खानको परिवारसँग नजिकको सम्बन्ध भएकी अनन्याको नाय्म आर्यन खानको ह्वाट्स एप च्याटमा उल्लेख भएपछि एनसीबीले बयानका बोलाएको बताइएको छ । एनसीबीले अभिनेत्री पाण्डेको फोन विहिबार नै जफत गरेको छ ।

    अनन्याले शाहरुख खानलाई आफ्नो दोस्रो पिताको दर्जा दिने गर्दछिन भने छोरी सुहना खानकी मिल्ने साथी हुन् ।

    विहिबार नै एनसीबीले अभिनेता शाहरुख खानको घर मन्न्तमा पुगेर थप अनुसन्धान गरेको थियो । साथै एनसीबीले आर्यनका कुनै अन्य इलेक्ट्रोनिक डिभाइस भए एनसीबीमा बुझाउन अर्को नोटिस दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

    अभिनेता शाहरुख खानले विहिबार नै जेलमा पुगेर छोरा आर्यनलाई भेटेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images