images
images
  • ड्रग्स प्रकरणमा अभिनेत्री अनन्या पाण्डेलाई पनि नोटिस

    काठमाडौँ । बलिवुड अभिनेत्री अनन्या पाण्डेलाई पनि ड्रग्स प्रकरणमा नार्कोटिस कन्ट्रोल ब्युरो (एनसीबी) ले नोटिस दिएको छ ।

    एनसीबीको टिम अभिनेत्री पाण्डेको घरमा पुगेर बयानका लागि नोटिस दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    ड्रग्स सम्बन्धि ह्वाट्स एप च्याटमा अभिनेत्री पाण्डेको नाम उल्लेख भएपछि उनलाई एनसीबीले आजै बयानका लागि उपस्थित हुन नोटिस दिएको बताइएको छ । एनसीबीले अभिनेत्री पाण्डेको फोन जफत गरेको छ ।

    आजै एनसीबीले अभिनेता शाहरुख खानको घर मन्न्तमा पुगेर थप अनुसन्धान गरेको छ । साथै एनसीबीले आर्यनका कुनै अन्य इलेक्ट्रोनिक डिभाइस भए एनसीबीमा बुझाउन अर्को नोटिस दिएको छ ।

    अभिनेता शाहरुख खानले आजै जेलमा पुगेर छोरा आर्यनलाई भेटेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images