images
images
  • बेलायतमा कोराना संक्रमण तीब्र : दैनिक संक्रमण एक लाख पुग्ने सरकारी आँकलन

    काठमाडौं । बेलायतमा पछिल्लो साता कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढेको छ । कोरोना संक्रमण बढेपछि बेलायत सरकारले प्रत्येक हप्ता ‘र्‍यापिड टेष्ट’ गर्न आग्रह गरेको छ ।

    सरकारले दैनिक एक लाख भन्दा बढी कोरोना संक्रमित पुग्नसक्ने अनुमान गरेको छ । स्वास्थ्यमन्त्री साजिद जाविदले बुधबार साँझको एक पत्रकार सम्मेलनमा दैनिक संक्रमित संख्या एक लाखसम्म पुग्ने बताएका हुन् ।

    विगत एक सातामा दैनिक संक्रमित संख्या ४० हजार भन्दामाथि रहँदै आएको बेलायतमा पछिल्लो २४ घन्टामा ४९ हजार १३९ जना संक्रमित थपिएको सरकारी अधिकारीले जनाएका छन् ।

    कोराना संक्रमण जाडो महिनामा तीब्र गतिमा हुने अनुमान गर्दै सरकारले घरका झ्याल खुला राख्न र भीडभाडमा मास्कको प्रयोग गर्न अपिल गरेको छ ।

    बेलायतमा कोरोनाका संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३९ हजार नाघेको छ । कोरोना संक्रमणको दोस्रो लहर आउँदा गत जनवरी २० मा एकैदिन एक हजार ८२० जनाको मृत्यु भएको थियो ।

    ९ करोडमा संक्रमण, र ४ करोड ५३ लाखले लिए खोप

    बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४६ लाख ३२ हजार ३८५ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९४ लाख २२ हजार ७५३ जना अर्थात ८५।९ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५३ लाख ७७ हजार ४११ जना अर्थात ७८।९ प्रतिशतले खोपको दुबै डोज लगाइसकेको सरकारले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images