नयाँ दिल्ली । लागुऔषध मुद्दामा पक्राउ परेका भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खानले बुधबार पनि जमानत पाएनन् । ३ अक्टोबरमा पक्राउ परेका आर्यनलाई मुम्बईको एक अदालतले रिहा गर्न अस्विकार गरेको हो । जमानतका लागि आज भएकाे सुनवाइमा अदालतले जमानत अस्विकार गरेकाे हाे ।
३ अक्टोबरमा पक्राउ परेका आर्यन ८ अक्टोबरबाट मुम्बईको आर्थर रोड जेलमा कैदी नम्बर ९५६ काे रूपमा छन् । आर्यनको १४ दिनको न्यायिक हिरासतकाे म्याद भाेलि बिहीबार सकिँदैछ ।
नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी)काअनुसार आर्यनको वाट्सएप च्याटलाई अदालतमा प्रमाणकाे रूपमा बुझाइएकाे छ । एनसिबीलाई ड्रग्ससँग सम्बन्धित च्याट भेटिएकाे प्रहरीकाे भनाइ छ । उक्त च्याट आर्यन र एक नयाँ अभिनेत्रीबीच भएकाे बताइएकाे छ । एनसिबीले आर्यन खानसहित अन्य ७ जनालाई मुम्बईबाट गोवा गइरहेको क्रुज ड्रग्स पार्टीमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।
उनको साथमा लागुऔषध नपाइए पनि उनी ड्रग्स कारोबारमा संलग्न रहेको र अन्तर्राष्ट्रिय गिरोहसँग समेत उनको पहुँच रहेको अभियोग एनसिबीले लगाएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । आर्यनको जमानतका लागि धेरै पटक अदालतमा बहस भए पनि उनले जमानत पाउन सकेका छैनन् ।


विश्व खबर 



















