images
images
  • एसिड आक्रमणमा परेकी संगिता मगरको गासिंयो लगनगाठो

    काठमाडौं-२०७१ साल फागुन १० गते उपराह्न घर नजिकैको एक युवकबाट एसिड आक्रमणमा परेकी संगिता मगर बैवाहिक सम्बन्धमा बाँधिएकी छिन् ।

    संगिताले पाचथरका २४ वर्षीय निश्चल लिम्बुसंग प्रेम विवाह गरेकी हुन् । संगिताले भनिन्-‘एसिडको आक्रमणबाट मेरो जीवन सकियो जस्तो लागेको थियो, तर होइन रहेछ, आत्मबल बलियो भएमा जीवन फेरी सामान्य बन्दो रहेछ ।’

    हाल काठमाडौंकै कुमारी बैंकमा कार्यरत संगिताले निश्चललाई आफ्नी आमाको माध्यमबाट चिनेको थियो । एक वर्षको प्रेम सम्बन्धपछि बिहे गर्ने निर्णय गरेको संगिताले बताईन् ।उनले भनिन्-‘ अब हामी दुबै मिलेर एसिड आक्रमणबारे जनचेतना जगाउने तथा आफुजस्तै आक्रमणमा घाइतेहरुको लागि काम गर्ने योजना रहेको छ।’  सबै हिसाबले साथ दिने र बुझ्ने भएकाले निश्चलसंग बिहे गरेको संगिताको भनाई छ ।

    ‘एसिडको आक्रमणबाट मेरो जीवन सकियो जस्तो लागेको थियो, तर होइन रहेछ, आत्मबल बलियो भएमा जीवन फेरी सामान्य बन्दो रहेछ ।’

    २०७१ फागुन १० गतेका दिन एसएलसीको परिक्षाको पुर्वसन्ध्यामा काठमाडौंको बसन्तपुरमा संगिता र उनकी साथीमाथी एसिड आक्रमण भएको थियो ।एसिडबाट अनुहार र छातिको निकै भाग जलेको थियो । १६ वर्षको उमेरमा एसिडमा जलेकी संगिताले यसबिचमा संघर्षको ठुलै सफलता हासिल गरेकी छिन् ।। एसिडकै रापमापनि संगिताले परिक्षा दिएकी थिईन् । एसिडबाट घाइते संगिताको काठमाडौं मेडिकल कलेज सिनामंगल र सिमा बस्नेतको वीर अस्पतालमा उपचार भएको थियो ।

    लामो समयसम्म एसिडको घाउको उपचार गराउदै आएकी थिईन् संगिताले । लामो समयसम्म अनुहारमा सल बेरेर हिड्ने संगिता केही समयदेखि भने बिस्तारै अनुहार देखाएरै हिड्न थालेकी हुन् । समाजमा संगिताको साहस र आत्मबल धेरैका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images