शाहरुख खानले अमित देसाईलाई हायर गरेका छन् । अमित देसाईले सन् २००२ मा हिट एंड रन केसमा सलमान खानलाई छुटाएका थिए । अमित देसाई अब आर्यन खानलाई जेलदेखि बाहिर ल्याउने सम्मको जिम्मेवारी सभाल्नेछन् । ११ अक्टुबरको अमित आर्यन खानको लागि कोर्ट गएका थिए । जमानतको याचिका दाखिल गरेपछि एनसीबी काउन्सिलले कोर्टलाई बतायो कि एजेंसीको १ हप्ता समय अरु चाहिन्छ आफ्नो जवाफ दाखिला गर्नको लागि ।
आर्यनलाई बचाव गर्दै अमित देसाइले भने कि आर्यन गएको १ हप्तादेखि जेलमा छन् । जमानतको याचिका जाँचमाथि निभएर हुँदैन । म बेलको लागि बहस गरिरहेको छ्रैन । म तारिखको लागि बहस गरिरहेको छु । प्रशासनिक कारणले कसैको स्वतन्त्रतालाई रोक्नु हुँदैन । एनसीबीको जाँच जारी रहन सक्दछ । जहाँसम्म आर्यनको कुरा छ बढी भन्दा बढी १ सालको सजाय हुन सक्दछ । आर्यनको विरुद्ध कुनै सबुत छैन न त उसको पास कुनै लागु पदार्थ मिलेको छ । यसकारण यदि एनसीबी भन्दछ कि उनीहरुलाई १ हप्ताको समय चाहिन्छ तब उनीहरुलाई फैक्ट हेर्नुपर्दछ कि यो बस १ सालको सजायको लागि हो ।
आर्यन खानको जमानत याचिकालाई शुक्रवारको दिन मजिस्ट्रेट कोर्टले खारेज गरेको थियो । ११ अक्टुबरको यस केसको सुनुवाई एनडीपीएस कोर्टमा भयो । अमित देसाइले आर्यनको केस कोर्टमा लडे र उनको जमानत याचिकाको सुनवाईको लागि अर्को डेट माँगे । अब कोर्टमा १३ अक्टुबर दिउँसो २ः४५ बजे आर्यनको बेलमाथि सुनवाई हुनेछ ।
अमित देसाईले सलमानलाई दिलाएका थिए बेल
अमित देसाईले सन् २०१५ मा सलमान खानको जमानत अर्जीको केस लडेका थिए । अमित देसाईले तलको अदालतको त्यस फैसलालाई चुनौती दिएका थिए जसमा सलमानलाई ५ सालको सजाय सुनाइएको थियो । मे २०१५ मा अमित देसाईले जब सलमान खानको बचाउ गरेका थिए तब एक्टरलाई ३० हजारको निजी मुचुल्कामा जमानत मिलेको थियो ।


विश्व खबर 



















