images
images
  • देशभरको मौसम कहाँ कस्तो रहन्छ आज?

    काठमाडौँ – देशको पश्चिमी भेगमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार अहिले देशमा प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।

    अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

    बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

    यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images