images
images
  • फ्लोरिना बनिन् सुपर डान्सर

    काठमाडौं- डान्सिङ रियालिटी शो सुपर डान्सरुको च्याप्टर ४ को उपाधि फ्लोरिना गोगोइले जितेकी छन् । उनले अन्तिम ५ मा रहेका अन्य प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जितेकी हुन् ।

    अभिनेत्री शिल्पा शेट्टी, निर्देशक अनुराग बासु र कोरियोग्राफर गीता कपुर निर्णायक रहेको रियालिटी शोमा आउने हरेक अतिथिहरूले फ्लोरिनाको डान्स र एक्सप्रेसनको चर्चा गर्ने गरेका थिए ।

    ुफ्लोरिना मात्र होइन, अन्तिम ५ मा रहेका सम्पूर्णले त्यो ट्रफी डिजर्भ गर्थेु, निर्णायक गीताले भनिन् । फ्लोरिनाले आफूलाई शो जिताएर भोट गर्नेलाई धन्यवाद दिएकी छन् । ‘मलाई जिताउने सम्पूर्णलाई धन्यवादु, उनले शोमा नै सानो प्रतिक्रिया दिएकी छन् ।

    उनले टाइटल जितेसँगै १५ लाख भारु नगद जितेकी छन् भने उनका गुरु तुषारले पनि पाँच लाख भारु नगद जितेका छन् । उनले आफूलाई विश्वास गरेर प्रशिक्षण दिने तुषारलाई समेत धन्यवाद दिएकी छन् ।

    ‘मैले यो पललाई सम्झिनेछु किनकि यो मेरो जीवनको खास पल हो, फ्लोरिनाले भनिन्, ‘मेरो भविष्य नै नृत्य हो, अब नयाँ स्टाइलमार्फत नृत्यलाई दर्शक समक्ष लैजान्छु ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images