
बलिउड फिल्म उचाइको सुटिङ नेपालमा गर्नको लागि केही दिन अघि परिणीती चोपडा, बोमन इरानी र अनुपम खेर लगायतको टोली नेपाल आएको थियो । नेपालमा छायांकनमा भइरहेको बलिउड फिल्म ‘उचाइ’ नेपाली अभिनेत्री परमिता आरएल राणाको पनि अभिनय रहने भएको छ । अभिनेत्री राणाले सामाजिक संजाल मार्फत सो जानकारी दिएकी हुन् ।
सुरज बडजात्याले निर्देशन गरिरहेको फिल्मका लागि केही दिन अगाडि अनुपम खेर, परिणिती चोपडालगायत नेपाल आएका छन् । फिल्ममा परमिताको अलवा सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, आरोन गुरुङ लगायतको समेत अभिनय रहनेछ ।
उक्त बलिउड फिल्म उचाईमा केही नेपाली कलाकारहरुले पनि अभिनय गर्ने भएका छन् । केही दिन काठमाडौंमा छायाँकन भएको फिल्म ‘उचाइ’ युनिट बुधबार लुक्ला प्रस्थान गरेको छ । परमिताले लुक्ला प्रस्थान अगाडि त्रिभुवन विमानस्थलमा फिल्म युनिटसँग खिचेको एक तस्बिर पोस्ट गर्दै आफू केही समयका लागि लुक्ला जान लागेको बताएकी छन् । ‘चपली हाइट २’ बाट अभिनयमा डेब्यु गरेकी राणाले ‘चंगा चेट’, ‘रोज’, ‘दि कर्मा’लगायत फिल्ममा अभिनय गरेकी छन् । यस अगाडि उनले एक तेलूगू फिल्म अभिनय गर्ने चर्चा चलेको थियो । उक्त चर्चा अहिले त्यसै सेलाएको छ ।
यो भन्दा पहिले पनि खुदा गवाह, महान लगायतको सुटिङ नेपालमा भएको थियो । ४० दिनसम्म नेपालमा खिचिने बताइएको फिल्म ‘उचाई’मा बलिउडका अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन, नानी गुप्ता लगायतको मसख्य अभिनय रहनेछ । फिल्म लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतमा छायाँकन हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्