दर्शकमा रिल लाइफको घटनाले उनीहरुको सोचाइमा पनि ठूलो असर पर्ने दर्गछ । रिलका बहादुर हिरोहरु रियल जीवनमा पनि बहादुर नै होला जस्तै लाग्दछ भने भिलेन देखेर मानिसहरु डराउने पनि गर्दछन् । अभिनेत्री काजोल र अभिनेता शाहरुख बलिउडका प्रख्यात रोमान्टिक फिल्मी जोडी हुन् । शाहरुख र काजोलले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘कुछ कुछ होता है’ लगायत सुपरहिट फिल्ममा उनीहरुको केमेस्ट्री मिलेको छ । धेरै पटक दर्शकहरु शाहरुख र काजोल वास्तविक जीवनमा नै श्रीमान–श्रीमती हुन् भनेर झुक्किने समेत गरेका छन् ।
बलिउड फिल्म उद्योगमा एक्टर वरुण धवन प्रसिद्ध निर्देशक डेभिड धवनका छोरा हुन् । अहिलेका चर्चित अभिनेता वरुण धवन पनि यसरी नै झुक्किएका थिए । उनले काजोल नै शाहरुखको श्रीमती ठानेका थिए । सन् २०१५ मा रोहित सेट्टीको फिल्म दिल्वालेको प्रोमोसनमा वरुणले काजोल शाहरुखको श्रीमती रहेको भ्रमबारे बोलेका थिए । उनले भनेका थिए, ‘म सानो हुँदा शाहरुख र काजोल वास्तविक जीवनमा पनि जोडी हो भन्ने सोच्थें । मैले उनीहरु श्रीमान–श्रीमती हुन् भन्ने ठानेको थिएँ । तर पछि मेरो भेट गौरी खानसँग भयो ।’
शाहरुखको श्रीमती गौरीसँगको पहिलो भेट सम्झिँदै वरुणले भनेका थिए, ‘म र मेरा साथीहरु सामाजिक कामको लागि चन्दा उठाउन शाहरुखको घर मन्नत पुगेका थियौं। त्यहाँ हामी ठूलै रकम चन्दामा पाउछौं भन्ने अपेक्षामा गएका थियौं । तर त्यहाँ पुगेपछि गौरीले ढोका खोल्नु भयो। त्यसबेला केही गलत भइरहेको महसुस भएको थियो ।’
फिल्म हेरेर नामी निर्देशककै छोरा रिल लाइफका पती पत्नीलाई रियल लाइफकै पति पत्निी भनेर झुक्किनु अचम्मकै कुरा हो । त्यतिबेला वरुणले गौरीसामु केही बोल्न सकेनन् । उनका अनुसार उनले घर गएर आफ्नी आमालाई सबै कुरा बताए। तर जब उनकी आमाले गौरी नै शाहरुखको वास्तविक श्रीमती हुन् भनेर बताइन् उनी छक्क परे । वरुण भन्छन्, ‘त्यस क्षण मलाई शाहरुखको श्रीमती काजोल होइनन् भनेर थाहा भएको थियो।’


विश्व खबर 



















