images
images
  • नेपालका तीन प्रदेशबाट मनसुन बाहिरिँदै

    काठमाडौं- यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिने पूर्वानुमान गरिएको छ । नेपालका तीन प्रदेशमा यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिने पूर्वानुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार सुदूर पश्चिमी प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट यस वर्षको मनसुन आजदेखि बाहिरिने भएको हो ।

    केही दिनमा बाँकी भूभागहरूबाट मनसुन बाहिरिने पूर्वानुमान गरिएको छ । नेपालमा मौसम बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यस वर्ष केही पर सरेको जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images