images
images
  • दक्षिणकाे फिल्म तथा अल्लु अर्जुन नायक रहेको फिल्ममा आइटम डान्स गर्न नोरा फतेहीले मागिन् भारु दुई करोड

    नोरा फतेही यद्यपि भारतकी होइनन् तर उनले आफ्नो डान्स र अभिनयबाट दर्शकको हृदय जित्न सफल भैसकेकी छिन् । क्यानेडियन नोरा फतेहीले बलिउडमा आइटम गीतहरुबाट चर्चा कमाइरहेकी छिन् । उनको नृत्य रहेको अधिकांश गीतहरुले रेकर्ड राखेका छन् । हालै अभिनेता अल्लु अर्जुनको नयाँ फिल्म ‘पुष्पा भाग १’को समूहले पनि नोरालाई आइटिम गीतमा काम गर्न प्रस्ताव राखेको छ। कोइमोइका अनुसार यसका लागि नोराले ठूलो रकम माग गरेकी छन् । ‘पुष्पा भाग १’ रिलिज हुनुअघि नै पोस्टर र गीतबाट हलचल मचाइसकेको फिल्म हो । सुकुमारको निर्देशनमा बन्ने यो फिल्ममा नोराले आइटम डान्स गर्ने खबरले दर्शकलाई उत्साहित बनाएको छ ।

    फिल्ममा आइटम डान्सको निकै महत्वपूर्ण भूमिका हुने गर्दछ । कतिपय फिल्म त आइटम डान्सको कारणले हिट हुने गर्दछ । यो फिल्ममा सुरुमा यो आइटम गीतका लागि अभिनेत्री दिशा पटानी र पूजा हेडगेसँग कुरा गरिएको थियो । उनीहरुले अस्वीकार गरेपछि नोरालाई प्रस्ताव गरिएको कोइमोइले जनाएको छ । यता नोरा फतेहीले सो आइटम गीतमा नृत्य गर्न दुई करोड भारु पारिश्रमिक माग गरेकी छन् ।

    नोराले भारतको दक्षिण फिल्म क्षेत्रमा काम गर्न लागेको यो पहिलो पटक होइन । उनले यसअघि तेलूगु फिल्म ‘टेम्पर’ र ‘बाहुबली’का आइटम गीतमा नृत्य गरेकी थिइन् । त्योबेला उनले करिब चार लाख भारु पारिश्रमिक लिएकी थिइन्। नोराको चर्चा एकाएक बढ्न थालेपछि उनले आफ्नो पारिश्रमिक पनि बढाएकी हुन् ।

    भारतको निकै चर्चित तथा एक नम्बरकै रियलटी शो ‘बिग बोस ९’मा पनि उनी आएकी थिइन् । चर्चित डान्स कार्यक्रम ‘झलक दिख्ला जा’मा पनि भाग लिएकी थिइन् । रिर्पोटका अनुसार ‘पुष्पा भाग १’ फिल्मका निर्माताले नोरालाई आइटम गीतको लागि लिने वा नलिने भनेर निश्चित भएको छैन । नोराले आइटम डान्स गर्ने भइन् भने उनलाई र अल्लु अर्जुनलाई एउटै स्क्रिनमा हेर्नु रोचक हुने कोइमोइले लेखेको छ।

    nora1

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images