काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय १० पुगेको छ । शुक्रबार १ हजार ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १५ हजार ६१४ सक्रिय संक्रमित रहेका छन् । गत चौबीस घन्टामा ९ हजार ४ सय ६६ पीसीआर तथा १ हजार २ सय २२ एन्टिजेन परीक्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















