images
images
  • कार्तिक आर्यनले फ्रेडीको लागि बढाए १४ किलो वजन, ट्रान्सफर्मेशनलाई लिएर ट्रेनरले भने यो कुरा

    बलिउड एक्टर कार्तिक आर्यन आजभोलि आफ्नो आगामी फिल्म फ्रेडीलाई लिएर चर्चामा छन् । खबर आएको छ कि उनी यस फिल्मको लागि एक्टरले निकै कडा मिहीनेत गरेका छन् । कार्तिकले १४ किलो वजन पनि बढाएका छन् । बताइदिउँ कि यो फिल्म एउटा रोमांटिक थ्रिलर हो जुन कैयौं छक्क पार्ने ट्वीस्ट र टन्र्सबाट भरिपूणर् छ । कार्तिक आर्यनले आफ्नो ट्रेनर समीर जौराको साथ बडीमाथि काम गरेका छन् र १४ किलो वजन बढाएका छन् । समीरलाई बडी ट्रान्सफरमेशनको लागि खप्पिस मानिन्छन् र उनले आफ्नो ट्रान्सफर्मेशन जर्नीमा बलिउडको केही ठूला नामहरुका साथ काम गरेका छन् ।

    कार्तिकको ट्रेनरले भने यो कुरा

    कार्तिक आर्यनको साथ गरेको कामको बारेमा कुरा गर्दै समीर भन्दछन्, “ट्रान्सफरमेशन केवल दुब्लो हुने वा बडी बनाउने सम्म सीमित छैन । कहिलेकाहीं यसमा किलो र फैट हाल्नु पनि सामिल हुन्छ जसलाई निकै नै सुपरवाइज्ड र सुरक्षित तरिकाले गर्नुपर्दछ । कार्तिक अनुशासित, उनको लागि बनाइएको वर्कआउट प्लान र सही डाइटको साथ यस लुकलाई हासिल गर्नको लागि १४ किलो वजन बढाउन सक्षम थिए । उनको डेडिकेशन अविश्वसनीय छ, किनकी उनी ज्ृेनेटिकली लीन छन् यसकारण आफ्नो भूमिकाको लागि खास विशेष समय सीमामा वजन बढाउनु वास्तवमा सराहनीय छ । यति मात्र होइन उनले आफ्नो आउने फिल्म फ्रेडीको तयारको लागि बढाएको वजन कम गर्न पनि शुरु गरेका छन् ।

    तपाईहरुलाई बताइदिउँ कि कार्तिक आर्यनले यसै साल अप्रिल महिनामा आफ्नो लागि एउटा चमचमाती लेम्बोर्गिनी कार खरिद गरेका थिए । कार खरिद गरिसके पछि एक्टरले आफ्नो सोशल मिडिया हैंडलमा एक फन भिडियो पोस्ट गरेर यसको बारेमा जानकारी दिएका थिए र भनेका थिए, “गाडी खरिद गरे, तर म शायद महँगो चीजको लागि बनेको होइन ।” लेम्बोर्गिनीको अलावा कार्तिकको पास पहिले देखि नै बीएमडब्लु छ जसलाई उनले २०१७ मा खरिद गरेका थिए र एउटा मिनी कूपर पनि छ । उनले २०१९ मा आफ्नो आमाको लागि मिनी कूपर खरिद गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images