images
images
  • निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया भोलि विवाह गर्दै

    काठमाडौं – निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् ।

    केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच गत २१ भदौमा इन्गेजमेन्ट भएको थियो । यो जोडीले शुक्रबार विवाह गर्ने भएको छ । पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले काठमाडौंस्थित तासिखेल इन्द्रायनीमा सुप्रियासँग लगनगाँठो कस्ने छन् ।

    फिल्मी यात्रामा सुदर्शनको नाम केही नायिकासँग नजोडिएको भने होइन, यद्यपि उनले आफ्नो सुप्रियासँगको छोटो प्रेमलाई विवाहमा परिणत गर्दैछन् ।

    शुक्रबार विवाह गर्ने सुदर्शनले प्रीतिभोजको आयोजना भने शनिबार गरेका छन् । उनले फिल्मकर्मी तथा परिवारका लागि शनिबार साँझ काठमाडौंस्थित एक बुटिक होटलमा प्रीतिभोजको आयोजना गरेका हुन् ।

    सुदर्शनले आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका थिए । सुदर्शन निर्देशकसँगै कलाकार, निर्माता हुन् भने सुप्रिया मोडल हुन् । हाल एपीवान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साढे सात’ नामक फिल्मसँगै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images