images
images
  • नेकपा एसको स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए ।

    बैठकले पार्टीका केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ । स्थायी कमिटीलाई पूर्णता दिने विषयमा पनि छलफल हुने नेता न्यौपानेले बताए ।  एसले पाँच सदस्यीय स्थायी कमिटी गठन गरिसकेको छ ।

    यसबाहेक बैठकमा वर्तमान सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउने विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् । एसले चार मन्त्रालयको भाग पाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images