काठमाडौं: गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप दसैंपछि नेपाल आइपुग्ने भएको छ । माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा एक लाख डोज उपलब्ध गराउने भएको हो। उक्त खोप कुन समूहलाई दिने भन्ने विषय छलफल भइरहेको बताइएको छ । अहिले फाइजरको खोपको गाइडलाइन बनाउने कार्य भइरहेको बताइएको छ ।
उक्त खोप नेपालमा ट्रयालको रुपमा प्रयोग गरिने बताइएको छ । नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिजर उपलब्ध गराइसकेको छ ।
सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ। उक्त खोप भण्डारणका लागि समेत व्यवस्थापन महाशाखाले भौतिक पूर्वाधार निर्माण भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















