images
images
  • म्यासेञ्जर डाउन हुँदा ३ गुणाले बढ्यो हाम्रोपात्रोको भिडिओ कल

    काठमाडौं । सोमबार राति अचानक विश्वभर फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप र इन्स्टाग्राम डाउन हुँदा त्यसको फाइदा अन्य एपहरूलाई पुगेको छ । हालै मात्र भिडिओ कलको फिचर ल्याएको हाम्रो पात्रोमा समेत यस अवधिमा भिडिओ कल तीन गुणाले वृद्धि भएको कम्पनीले जनाएको छ ।

    सोमबार राति ९ः२५ बजेदेखि छ घण्टासम्म फेसबुकका सबै एप पूर्ण रुपमा ठप्प भएका थिए । हाम्रो पात्रोका संस्थापक शङ्कर उप्रेतीले फेसबुक पोस्ट गर्दै आफ्नो भिडिओ कलको प्रयोग बढेको बारे जानकारी दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images