images
images
  • उचाई फिल्म सुटिङ गर्न नेपाल आएका अनुपम खेरले गरे पशुपतिनाथको दर्शन

    उचाई फिल्मको सुटिङ गर्न अहिले अभिनेता अनुपम खेर लगाएको टिम नेपालमा आएको छ । बलिउड चलचित्र ‘उचाइ’का लागि नेपाल आएका उनी मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगे । पशुपतिनाथको दर्शन गर्न त्यहाँ पुगेका हुन् ।

    हजारौं वर्ष पहिले बनेको पशुपति मन्दिर दर्शन गर्न पाउँदा उनले खुशी व्यक्त गरेका छन् । मन्दिर पुगेर उनले सबैको सुस्वास्थ्य र शन्तिको कामना गरेका छन् । “काठमाडौंको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु । मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । म धेरै खुसी छु,” उनले भनेका छन् ।

    उनले ट्वीटरमा लेखेका छन् संसारभरिबाट पशुपतिनाथको दर्शन गर्न मानिसहरु आउने गर्दछन् । पशुपतिनाथ ५ औं शताब्दिमा बनेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images