बलिउड कलाकारहरु चर्चामा आउन विभिन्न तरिकाहरु अपनाउने गर्दछन् । यसका लागि उनीहरुले आफ्ना क्रियकलापहरु सामाजिक संजालमा शेयर गरिरहन्छन् । बलिउड अभिनेत्री नेहा धुपियाले दोस्रो सन्तानलाई जन्म दिएकी छिन् । नेहाले आइतबार बिहान छोरालाई जन्म दिएकी हुन् । यसको जानकारी उनका पति अंगद बेदीले दिएका छन् । अंगदले सामाजिक संजालमा गर्भवती अवस्थाकी नेहा र आफ्नो तस्वीर शेयर गर्दै यसको जानकारी दिएका हुन् । उनका अनुसार नेहा र छोरा दुवै स्वस्थ छन् ।
नेहाले समय समयमा आफ्नो अवस्थाबारे फ्यानहरुलाई जानकारी गराउने गरेकी थिइन् । बच्चा जन्माउनुभन्दा केही घण्टा पहिले मात्र नेहाले आफ्नो बेबी बम्पसँगको तस्वीर शेयर गरेकी थिइन् । यो पोस्ट सार्वजनिक भएको २ घण्टामै अंगदले छोरा जन्मिएको घोषणा गरेका छन् । नेहा र अंगदले २०१८ मा बिहे गरेका थिए । बिहेको केही महिनापछि नेहाले छोरीलाई जन्म दिएकी थिइन् । यसको ३ वर्षपछि छोरा जन्मिएका हुन् ।


विश्व खबर 



















