images
images
  • विश्वमा आजः राष्ट्रपतिलाई घुँडा टेकाउने युगोस्लाभियाको प्रदर्शनदेखि अमेरिकाका ३३ औं राष्ट्रपतिले खानेकुराबारे गरेको टेलिभिजन सम्बोधन

    आज ५ अक्टोवर । आज विश्व इतिहासमा बिभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाक्रमः

    राष्ट्रपतिलाई घुँडा टेकाउने युगोस्लाभियाको प्रदर्शन
    सन् २००० मा गणतन्त्र युगोस्लाभियामा विशाल प्रदर्शन भएको थियो । निर्वाचनको बिरोधमा हजारौंको प्रदर्शनपछि तत्कालिन राष्ट्रपति स्लोबोदान मिलोसेभिकलाई सत्ताच्युत गरेको थियो । प्रदर्शनकारीले संसद भवनसमेत जलाइदिएका थिए । त्यसको दुई दिनपछि मिलोसेभिकले पदबाट राजीनामा दिएका थिए  ।

    अन्तरिक्षमा जाने पहिलो क्यानेडेली
    सन् १९८४ मा पहिलो क्यानेडेली अन्तरिक्षमा पुगेका थिए । नासाको स्पेस सटल च्यालेन्जरमार्फत मार्क गार्नेउ अन्तरिक्षतर्फ उडेका थिए ।

    अमेरिकी राष्ट्रपतिको त्यो टेलिभिजन सम्बोधन
    अमेरिकाका ३३ औं राष्ट्रपति ह्यारी ट्रुम्यानले ५ अक्टोवर सन् १९४७ मा गरेको एउटा टेलिभिजन सम्बोधन सदावहार चर्चामा छ । सम्बोधनमा उनले अमेरिकीलाई थोरै खाद्यन्न प्रयोग गर्न आह्वान गरेका थिए । दोस्रो विश्वयुद्धको कारण युरोपले खाद्यन्न संकट सामना गरिरहेका वेला राष्ट्रपतिले सो आह्वान गरेका थिए  । उनले हरेक मंगलबार अमेरिकीलाइ मासु नखान र विहीबार अन्डा र कुखुराका परिकार अनुरोध गरेका थिए । त्यस्तै, हरेक दिन एक पिस पाउरोटी घटाउन पनि उनले आग्रह गरेका थिए  ।

    सडक प्रदर्शनपछि थाइ प्रधानमन्त्रीको राजीनामा
    सन् १९७३ मा भएका विशाल प्रदर्शनहरूपछि थाइलेन्डका प्रधानमन्त्री थानोम किट्टिकाचोर्नले पदबाट राजीनामा दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images