images
images
  • अमिताभ समेतको अभिनय रहेको बलिउड चलचित्र ‘उचाइ’ का लागि अनुपम, परिणिती र बोमन नेपालमा

    काठमाडौं । बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी र परिणिती चोपडा नेपाल आइपुगेका छन् । उनीहरु बलिउड चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपाल आइपुगेका हुन् । उनीहरु आइतबार दिउँसो काठमाडौं आइपुगेका हुन् । अभिनेता अनुपमले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । हवाइजहाजबाट नेपालको दृश्य कैद गर्दै स्तुपा र मन्दिरहरुको ठाँउमा आउन पाँउदा रमाइलो महसुस भएको बताएका हुन् ।

    चलचित्रको छायांकन सोमबार अर्थात् सेप्टेम्बर ४ देखि सुरु भएको जानकारी पनि उनले सामाजिक सञ्जालमार्फत गरेका हुन् । छायांकनको पहिलो दिनको फोटोनिर्देशक बर्जातियाले क्लापबोर्ड समाउँदै गरेको फोटो पोस्ट गर्दै लेखेका छन्, “मेरो ५२० औं चलचित्र ‘उचाइ’को छायांकन सुरु भएको छ । मेरो पहिलो चलचित्र ‘सारांश’ मा उहाँ महेश भट्टका असिसटेन्टद थिए । यहाँ जस्तो सिनेमा जिनियस सँग यो मेरो चौथो चलचित्र हो । क्यामेरासँग लजाउने सुरजलाई यो फोटोका लागि मैले धेरै पापड बेल्नुपर्यो ।”

    उनीहरु अहिले पर्यटकीय क्षेत्र मुस्ताङमा छन् । यो पोस्टमा अभिनेत्री परिणिती चोपडा र बोमन इरानीलाई पनि ट्याग गरेका छन् । भारतका लोकप्रिय निर्देशक सुरज बर्जातियाको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकनका लागि निर्देशकले नेपालको हिमाली भेग रोजेको जनाएइएको छ । यो चलचित्रमा अभिनेता अमिताभ बच्चन पनि छन् । तर उनी नेपाल नआउने सम्भावना उच्च रहेको बताइएको छ । भारतीय मिडियाका अनुसार आफ्ना थुप्रै कलाकार टिम रहेकाले उनले नेपाल सुरक्षित हुने भएर नेपाललाई छानेको हो ।

    anoopam%201ins

    छायांकन टिम नेपालमा करिब ४५ दिनको लामो बसाइमा रहने छन् । उनीहरुले कडा रुपमा बायो–बबल प्रोटोकलमा रहने छायांकन गर्ने पनि पिंकभिलाले उल्लेख गरेको छ । मित्रताको कथा समेटिएको यो चलचित्र निर्देशक बडजात्याको मनको नजिक रहेको छ । निर्माण टिमसँग नजिकका एक व्यक्तिलाई उद्धृत गर्दै लेखिएको छ, “यो सुरजको मनको नजिकको कथा हो र उनी पारिवारिक स्पेशबाट अलग हुँदै परिवारका सदस्यको रुपमा परिणत हुने मित्रताको बन्धनलाई अन्वेषण गर्न चाहन्छन् । यो एउटा ह्दयलाई छुने कथा हो र सन् २०२२ को जनवरीसम्म सकाउने योजना बुनिएको छ ।” चलचित्र अर्को वर्षको मध्यतिर रिलिज गर्ने योजना गरिएको छ ।

    यो चलचित्र निर्देशक बडजात्या र अभिनेता बच्चनको पहिलो सहकार्य हो । चलचित्रको कथा सुनेर अमिताभ सुरजसँग काम गर्न निकै आतुर भएको बताइएको छ । चलचित्र नेपालको सुन्दर पर्यटकीय हिमाली भेग मनाङ–मुस्ताङ, लुक्लालगायत क्षेत्रमा हुने भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

    anoopam%202nd%20post

    प्रतिक्रिया दिनुहोस्
    images
    images