काठमाडौं । कोरोनाविरुद्धको खोप लगाएका पाँच सय प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार खोप लगाइसकेका ५ सयभन्दा बढीमा संक्रमण देखिएको हो । हाल प्रहरीका सातजना आईसीयूमा उपचाररत छन् । ११३ जना अस्पतालमा उपचार गराइरहेका छन् ।
५१४ जना होम आइसोलेसन र संस्थागत आइसोलेसन सेन्टरमा छन् । हालसम्म संक्रमणमुक्त भएर ७ हजार ७१४ जना काममा फर्किसकेका छन् । संक्रमणबाट हालसम्म १० जना प्रहरीले ज्यान गुमाएका छन् ।
प्रहरीमा १५ हजार ३४८ जनाले दोस्रो चरणको खोप लिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















