images
images
  • शाहरुख खान आफ्नो छोरा ब्याड व्याय भएर ड्रग लिएको केटीको पछि लागेको हेर्न चाहन्थे, जुन अहिले पुरा भयो

    एजेन्सी । सुपरस्टार भारतीय नायक शाहरुख खानका छोरा आर्यन खान क्रुज ड्रग्स प्रकरणमा संलग्न भएको पाइएको छ । यसैबीच शाहरुख खानले छोराको बारेमा भनेको भनाइ चर्चा छ । उनले आफ्नो छोराको बारेमा ठट्टा गदैं भनेका छन्, ‘मेरो छोराले धेरै लागुऔषध र यौन अनुभव गर्नु पर्छ ।’

    शाहरुख खानले १९९७ मा श्रीमती गौरी खानसंग सिमी ग्रेवालको शो मा गएका थिए । त्यसबेला उनले ठट्टा गर्दै भनेका थिए, ‘उनको छोराले ती सबै कामहरु गर्नु पर्छ जुन उनी आफ्नो युवावस्थामा गर्न सक्दैनन् । शाहरुखले भनेका थिए, ’म चाहन्छु मेरो छोरो केटीहरुसँग डेट गरोस्, सेक्स र ड्रग्सको आनन्द लिनुहोस् । उनी नराम्रो केटा बन्छन् र यदि उनी राम्रो केटा जस्तो देखिन थाल्छन् । म उसलाई घरबाट बाहिर निकालिदिन्छु । अहिले शाहरुख खान भनेको उक्त ठट्टा सोशल मिडिया मा भाइरल बनिरहेको छ ।

    आर्यन खानलाई एनसीबीले क्रुज ड्रग्स पार्टीमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । उनबाट मोबाइल बरामद भएको छ । आर्यनको मोबाइलमा च्याटिङको अनुसन्धान भैरहेको छ । आर्यनसहित कुल ८ जना पक्राउ परेका छन्। ती मध्ये ३ जना केटीहरु छन् । त्यसमा शाहरुख खानका छोरा आर्यन खान, अरबाज मर्चेंट, मुनमुन धमीचा, नुपुर सारिका, इश्मीत सिंह, विक्रांत चोकर, गोमित चोपडा, मोहक जसवाललाई सोधपुछ गरेको थियो ।

    सबै मुम्बईको जेजे अस्पतालमा एक चिकित्साको परीक्षणपछि मुम्बईको किला अदालतमा पेश गरिनेछ । दिल्लीका एक ठूला उद्योगपतिका छोरो पनि यसमा संलग्न छन् ।मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा एनसीबीले गरेको छापामा हशिश, एमडी, कोकीनको ठूलो मात्रा भेटिएको छ । तीन दिन पहिले यो ड्रग्स पार्टीको बारेमा जानकारी प्राप्त भएको थियो । पार्टीमा समावश हुनको लागी ८० हजार रुपैयाँदेखि एक रुपैयाँ चार्ज गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images