बलिउडमा सम्बन्ध जोडिनु र फेरि टुट्नु फेसन जस्तै भएको छ । हालै तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले आफ्नो सम्बन्ध विच्छेद भएको घोषणा गरिसके। चार वर्ष लामो वैवाहिक सम्बन्धपछि दुईले यो निर्णय लिएका हुन् । शनिबार सामाजिक सञ्जालमार्फत् सामन्थाले सम्बन्ध विच्छेदबारे घोषणा सार्वजनिक गरेकी थिइन्। सम्बन्ध विच्छेदपछि सामन्थाले भत्ताका रुपमा पचास करोड भारु पाउने खबरहरु प्रकाशित भएका थिए। तर उनले भने यो रकम लिन अस्विकार गरेकी छन्। सामन्थाको नजिकका स्रोतअनुसार उनलाई सुरुमा दुई सय करोड भारुभन्दा बढी रकम दिने प्रस्ताव गरिएको थियो, तर आफ्नो सम्बन्ध समाप्त गर्न एक पैसा पनि नचाहिने सामन्थाले बताएकी छन्।
यो डिभोर्सबाट सामन्था अत्यन्तै दुःखीत भएका बताएकी छिन् । उनलाई डिभोर्सबाट पाइने एलिमोनी रकम नचाहिने बताएकी छिन् । ‘अहिलेको क्षणमा सामन्था दुस्खी र विचलित भएकी छिन्,’ उनका स्रोतले भनेका छन्, ‘उनलाई यो विवाहबाट माया र साथको जरुरी थियो। अब सम्बन्ध नै समाप्त भएपछि उनलाई यसबाट अरु केही चाहिँदैन ।’ सामन्था र चैतन्यको प्रेमसम्बन्ध सन् २०१० देखि सुरु भएको थियो। ‘ये माया चेसाबे’ फिल्ममा सँगै काम गर्ने दौरान उनीहरु प्रेममा परेका थिए। उनीहरुले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए। सामन्थाले आफ्नो नामबाट नागाको थर हटाएपछि उनीहरुको सम्बन्ध विच्छेदको हल्ला भएको थियो।
कुनै पनि वैवाहिक सम्बन्ध तोडिंदा दुवै पक्षलाई आघात पर्नु र चिन्ता तथा सन्ताप पर्नु स्वभाविक हो । योसँगै यी दुई वैवाहिक परामर्श लिन गएको जानकारी पनि आएको थियो । जसले उनीहरुको सम्बन्धमा समस्या आउन थालेको देखिएको थियो । हिन्दुस्तान टाइम्सका अनुसार चैतन्यसँगको सम्बन्ध बिग्रिएसँगै सामन्थालाई मानसिक आघात भइरहेको छ । यो पीडा भुल्न उनी काममा मात्र ध्यान केन्द्रित गरिरहेकी छन् । स्रोतका अनुसार हाल आफ्नो पीडा बढाउने खालका कुनै पनि फिल्ममा काम गर्न चाहिरहेकी छैनन्, किनकी अहिले उनको जीवनमा त्यस्तै स्थिति आइरहेको छ।


विश्व खबर 



















