images
images
  • अति आवश्यक सेवा अवरुद्धप्रति दुरसञ्चार प्राधिकरणको ध्यानाकर्षण

     काठमाडौं – नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा इन्टरनेट तथा केवलका तारहरु काट्न थालेछि सञ्चार क्षेत्रको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले चासो दिएको छ । प्राधिकरणले एक विज्ञप्ति जारी गर्दैं राज्यको अति आवश्यक सेवा अवरुद्ध गर्ने जोकोहीलाई कानूनी कारवाही गर्न र यस्ता पूर्वाधारको रक्षा गर्नसम्वन्धित निकायसँग अग्रह समेत गरेको छ ।

    विद्युत प्राधिकरणले पोलभाडा तिर्न नमानेको भन्दै हिजो देशभर रहेका आफ्ना वितरण कार्यालयहरु मार्फत इन्टरनेट तथा केवलको लाइन काट्न सुरु गरेको थियो ।यसबाट देशका विभिन्न स्थानमा इन्टरनेट तथा केबल सेवा अवरुद्ध बनेको छ । व्यवसायीहरुले प्राधिकरणको उक्त कार्यको विरोध गर्दै आएका छन् । एकतर्फीरुपमा जथाभावि पोलभाडा बढाएर उपभोक्तामाथि भार थोपर्न खोजिएको उनीहरुको भनाइ छ ।

    दुरसञ्चार प्राधिकरणले पनि प्राधिकरणको यस कार्यप्रति दुख व्यक्ति गरेको छ । सेवा प्रदायक र प्राधिकरणबीच पोल भाडादर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरणबीच छलफल गरी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अनायास तार काटेर राज्यको अति आवश्यक सेवा अवरुद्ध पारिएको विज्ञप्तिमा उल्लेख छ । दुरसञ्चार ऐन २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था रहेको प्राधिकरणले सम्झाएको छ ।

    ‘हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने हुँदा सबै पक्ष बसी आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने गराउने व्यवस्था मिलाउन सबै पक्षमा हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

    Sanchar Bigepti

    प्रतिक्रिया दिनुहोस्
    images
    images