images
images
  • ‘मनिषा २-२ महिनामा नयाँ केटासंग हुन्थिन् म उनका कारण धेरै ‘रोएकी छु’- ऐश्वर्या राय

    बलिउड निकै ठूलो बजार हो । त्यहाँ विभिन्न किसिमका कुरा सुनिन्छिन् । बलिउडमा कलाकारहरुको प्रेम र वि वादका कुरा पनि उत्तिकै चर्चामा आउँछन् । केही यस्ता चर्चित घट ना छन् जुन अहिलेसम्म पनि चर्चा भइरहन्छ । एउटा घटना हो बलिउड अभिनेत्री मनिषा कोइराला र ऐश्वर्या रायबीचको विवाद ।

    उनीहरुबीचको वि वादले केही समय भारतीय मिडियामा समाचारका हेडलाइन बने । खासमा यो कुरा सन् १९९४ तिरको हो। त्यसबेला मोडल राजीव मुलचन्दनीले मनीषाका लागि ऐश्वर्यालाई धोका दिएको हल्ला चलेको थियो ।

    बलिउडमा सनसनी मचाएको यो झ गडाले यी दुई अभिनेत्रीबीचको स म्बन्ध चिसिएको थियो। घ टना भएको पाँच वर्षपछि ऐश्वर्याले यसबारे बोलेकी थिइन्, जसमा उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘सन् १९९४ को सुरुतिर एउटा परिचित म्यागजिनले मनीषाका लागि राजीवले मलाई धो का दिएको भनेर लेखेको थियो ।

    राजीव केवल मेरो मिल्ने साथी थियो र त्यो समाचार मलाई चित्त बुझेको थिएन। त्यसैले मैले त्यतिबेलै राजीवलाई फोन गरेर मनीषा र उसको प्रेम स म्बन्धमा मलाई नतान्न भनेकी थिएँ। तर त्यसको दुई महिनापछि मनीषा फेरि अर्कै केटालाई डेट गर्न थालिन्। उनी हरेक दुई महिनामा नयाँ केटासँग हुन्थिन् ।’

    ऐश्वर्याका अनुसार जब उनले सन् १९९५ मा ‘बम्बे इन तामिल’ फिल्म हेरिन्, उनलाई त्यसमा मनीषाको अभिनय साह्रै मन परेको थियो। मनीषालाई बधाइ दिन उनले एउटा फुलको गुच्छा उपहार दिने सोच बनाइरहेकी थिइन्, तर त्यही बेला राजीवले फोन गरेर उनलाई पत्रिका पढ्न भने।

    ‘पत्रिकामा मनीषाले राजीवले मलाई प्रेम पत्र पठाएको दाबी गरेकी रहेछिन्, जुन झुटो थियो,’ उनले भनिन्, ‘मनीषाको त्यस्तो व्यवहारले मलाई निकै नराम्रो लागेको थियो। यदि मेरै कारणले राजीवसँग उनको स म्बन्ध बि ग्रिएको थियो भने उनले किन त्यतिबेलै नबोलेर अहिले यस्तो कुरा गरिरहेकी छिन्’

    उनको कुराले मेरो मन दुखेको थियो। म धेरै रोए,’ ऐश्वर्याले भनेकी छन्, ‘मेरोबारे त्यति कुरा का टेपछि उनी पानीमाथिको ओभानो बन्न खोजिरहन्थिन्। अहिले कसैले मेरोबारे केही भनेको समाचार आयो भने त्यो पक्कै मनीषा हुनुपर्छ भन्ने मेरो दिमागमा आउँछ।

    राजीवसँग भएको घ टना बितेको यत्रो वर्ष हुँदा पनि उनी मेरो बारेमा अझै नकारात्मक प्रतिक्रिया दिइरहन्छिन्। यसको मतलब मसँगको बदला केबल उनको प्रेम स म्बन्धमा होइन रहेछ। मनिषा आफूभन्दा वरिष्ठ अभिनेत्री रेखा र श्रीदेवीबारे त नराम्रो बोल्छिन्, म झन् उनका लागि को नै हो र ?’

    प्रतिक्रिया दिनुहोस्
    images
    images