बिग बो ओटीटी पछि बिग बोस १५ आफ्नो जलवा देखाउनको लागि पूर्ण रुपमा तयार छ । आज अथवा २ अक्टुबरदेखि बिग बोस १५ लन्च भैरहेको छ । सलमान खान हमेशा जस्तै अहिले पनि यसको होस्ट बन्न लागेका छन् र यसलाई लिएर दर्शकमा जबर्जस्त उत्साह छ । यो भन्दा पहिले बिग बोस ओटीटीलाई करण जौहरले विजेताको रुपमाा दिव्या अग्रवालसँग मिलेर होस्ट गरेका थिए । अब मानिसहरुको लागि बिग बोस ओटीटी खतम भएपछि बिग बोस १५ हेर्नु रमाइलो हुनेछ । अब हामी तपाईलाई बताउँछौ कि बिग बोस कहिले, कहाँ र कसरी हेर्ने ।
कहिले हुनेछ प्रिमियर
सलमान खानद्धारा होस्ट गरिने बिग बोस आज शनिवार (२ अक्टुबर) २०२१ के राती ९ः४५ बजे प्रिमियर हुनेछ । अर्थात आजदेखि शो शुरु हुनेछ ।
कहाँ हेर्ने बिग बोस
कलर्स चैनलमा तपाई यो शो हेर्न सक्नुहुन्छ । शोको प्रसारण सोमबार देखि शुक्रवार राती १०ः३० बजे हुनेछ जबकी शनिवार र आइतवार राती ९ः४५ बजे यसको प्रसारण गरिनेछ । शनिवार र आइतवार वीकेंड वार हुनेछ । त्यसैगरी यसलाई दर्शक ओटीटी प्लेटफर्म वुटमा पनि देख्न सक्नेछन् ।
को हुन् बिग बोस १५ को कन्टस्टेन्ट ?
बिग बोस १५ माा प्रतीक सहजपाल, निशांत भट्ट, शमिता शेट्टी, तेजस्वी प्रकाश, करण कुन्द्रा, अकासा सिहं, डोनल विष्ट, उमर रियाज, सिम्बा नागपाल, साहिल श्राप, ईशान सहगल, विधि पांड्या, विशाल कोटियान, मिशा अययर जस्ता व्यक्तिहरु ह्ुनेछन् ।


विश्व खबर 



















