images
images
  • संरक्षकत्व सम्बन्धमा गायिका ब्रिट्नीले जितिन् आफ्ना बुबा विरुद्धको कानुनी लडाइँ

    गायिका ब्रिट्नी स्पियर्स धेरै समयसम्म बुबाको संरक्षकत्वमा बस्दै आइरहेकी थिइन् । अहिले आएर उनी बुवाको कानुनी अभिभावकत्वबाट मुक्त भएकी छन्। लस एन्जल्स अदालतले ब्रिट्नीमाथि उनका बुवा जेमी स्पियर्सको कानुनी अभिभावकको भूमिका अन्त्य भएको फैसला सुनाएको हो। अदालतले संरक्षकको रुपमा ब्रिटनीको बुबा जेमीले लिएको जिम्मेवारी छोरीको हितमा नरहेको निष्कर्ष निकालेको छ।

    पूर्वतिर अर्थात एशियन मुलुकमा बुबा आमाको संरक्षकत्वमा बस्न पाउनु त छोराछोरीले ठूलो भाग्य ठान्दछन् । सन् २००८ मा ब्रिट्नीले मानसिक अस्वस्थताका कारण असामान्य व्यवहार देखाएको भन्दै ब्रिटनीका सम्पूर्ण कुराको रेखदेख गर्ने गरी ुकन्जरभेटसिपु स्थापना भएको थियो । बुबाको संरक्षकत्वमा रहेकी ब्रिट्नीले ‘कन्जरभेटसिप’ले आफ्नो जीवन तहसनहस बनाएको भन्दै अदालतलाई अपिल गरेकी थिइन्।

    ब्रिटनी आफू बुबाको संरक्षकत्वमा बस्दा आफ्नो पुरै स्वतन्त्रता छिनीएको बताएकी थिइन् । ब्रिटनीले वर्षौँसम्म बुबाबाट दुर्व्यवहार भोगेको आरोप लगाएकी थिइन् । उनले इच्छाविपरीत सांगीतिक कार्यक्रम गर्न बाध्य पारेको र सन्तान जन्माउन नदिएकोलगायत आरोप लगाउँदै भनेकी थिइन्, ‘मलाई मेरो जीवन फिर्ता चाहिएको छ ।’ सो आरोपपछि दुर्व्यवहारको आरोप अस्वीकार गर्दै जेमीले पनि आफूलाई संरक्षकत्वबाट हटाउन माग गरेका थिए । गायिका ब्रिट्नीको यो कानुनी लडाइँमा उनलाई संसारभरका समर्थकले ‘फ्रि ब्रिटनी’ अभियान चलाएर साथ दिएका थिए। अदालतको यो फैसलासँगै ब्रिट्नी १३ वर्षअघिको अवस्थामा पुगेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images