जब जेम्स बण्डको नयाँ सिरिज आउँछ विश्व भरि सिनेमाको जगतमा तहल्का मच्चिने गर्दछ । हलिवुडको चर्चित जेम्स बण्ड सिरिजको फिल्म ‘नो टाइम टू डाई’ को लन्डनमा प्रिमियर भएको छ । प्रिमियरमा फिल्मलाई अत्याधिक मन पराइएको छ । २ घण्टा ४३ मिनेट लामो यो फिल्म बेलायतमा सेप्टेम्बर ३० र अमेरिकामा अक्टोबर ८ मा रिलिज हुदै छ । ‘नो टाइम टू डाई’ का प्रमुख अभिनेता डेनियल क्रेगको जेम्ब्स बण्ड सिरिजको यो अन्तिम फिल्म हो ।
जेम्स बण्ड सिरिजमा धेरेले आफ्नो भूमिका निभाएका छन् र बेला बेला यो सिरिजमा अभिनय गर्ने मुख्य हिरो परिवर्तन हुने गर्दछन् । २००६ मा क्यासिनो रियलबाट जेम्स बण्ड सिरिजमा शुरुवात गरेका अभिनेता क्रेग करिब १६ बर्षको आफ्नो जेम्स बण्ड सिरिजसँगको आवद्धता यसै फिल्मबाट टुंगाएका छन् । क्रेगले जेम्स बण्ड सिरिजमा क्यासिनो रोयलपछि क्वान्टम अफ सोलेस, स्काईफल र स्पेक्ट्रे जस्ता फिल्ममा अभिनय गरेका छन् ।
नो टाइम टू डाई २०२० मै रिलिज हुनुपर्नेमा कोरोना महामारीका कारण रिलिज सरेको थियो । यस अघि यो फिल्म ओटीटी रिलिज हुने भनिएपनि यसका निर्माताले फिल्म तत्काल ओटीटीमा रिलिज नहुने र् सिनेमा घरमै रिलिज हुने बताएका छन् ।
क्रेगले जेम्स बण्डमा निकै सशक्त भूमिका निभाउने गर्दछन् । जेम्स बण्ड सिरिजमा आफ्नो अन्तिम फिल्म रिलिजको तयारीमा रहेको बेला अभिनेता क्रेगले भनेका छन्- ‘जेम्स बण्डको रुपमा मेरो लागि सबथोक हो । मेरो जीवनको १६ बर्ष मैले यसमा दिएको छु । जेम्स बण्डका फिल्म धेरै पटक बन्दैनन् । त्यसैले मेरो क्यारियरकै लागि यो महत्वपूर्ण र् ठुलो कुरा छ । यो समय निकै भावुक रहेको छ ।’


विश्व खबर 



















