images
images
  • कुकुरले लेखायो गिनिज बुकमा नाम

    एक कुकुरले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएको छ भन्दा तपाई अचम्मित पर्नु हुन्छ होला । त। यो सत्य हो ।

    लु नामको उक्त पोथी कुकुरको कान अरु कुकुरको भन्दा लामो भएको कारण कुकुरको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको हो । कुकुरको कान १२.३८ इन्च लामो रहेको छ । पेइज ओल्सेन नामकी महिलाले घरमा पालेको ३ वर्षे कुकुरको कानको लम्बाई अरु कुकुरको भन्दा लामो भएको कारण यसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राखिएको रेकर्डका अधिकारीहरुले जनाएका छन् ।

    आफैं पनि पशु चिकित्सक रहेकी ओल्सेनले कुकुरको लामो कानको कारण कुनै पनि समस्या नभएको बताउँछिन् । उनले हरेक महिना कुकुरको कानको जाँच गराउँदै आएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images