images
images
  • ‘तिम्रै काखमा’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहति)

    काठमाडौं । नेपाली बजारमा दिनानुदिन गीत नयाँ -नयाँ गीत बजारमा आइरहेका छन् । गीत आउने क्रममै‘ तिम्रै काखमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    कलाकार गणेश हमाल र गरिमा शर्माको अभिनयमा ‘तिम्रै काखमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीत दर्शकहरुले रुचाएका छन्।

    पछिल्लो समयका चर्चित मोडल गरिमा र गणेशको लोभलाग्दो अभिनय देख्न सकिन्छ । गीतमा प्रेम र प्रेमबाट प्राप्त हुने ऊर्जालाई सुमधुर शैलीमा प्रस्तुत गरिएको छ।

    रीता भण्डारीको शब्द तथा मनोज चौलागाईको संगीतमा रहेको गीतमा कुशल राज खड्काले स्वर दिएका छन्।

    गीतको म्युजिक भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन् भने चक्र बरालको छायांकन तथा अनिल रानाको सम्पादन छ। भिडिओ ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् बजारमा ल्याइएको छ ।

    हेर्नुहोस् भिडियो

    प्रतिक्रिया दिनुहोस्
    images
    images