images
images
  • बहुप्रतिक्षित अक्षयकुमारको सुर्यबंशी दिपावलीमा रिलिज हुने (ट्रेलरको भििडयो सहित)

    एक्सन डाइरेक्टर रोहित शेट्टीद्धारा निर्देशित तथा बलिउडका खेलाडी अक्षयकुमारको लिड रोल रहेको फिल्म सुर्यबंशीको रिलिज मिति सार्बजनिक भएको छ ।

    कोरोनाका कारणले उक्त फिल्म गत वर्ष रिलिज हुन सकेको थिएन । अहिले आएर महाराष्ट्रमा सरकारले अक्टोबर २२ देखि सिनेमा हाल खोल्न अनुमति दिएसँगै अक्षयकुमारको फिल्म सुर्यबंशी रिलिज हुने भएको हो । सूर्यवंशी आगामी दिपावलीमा रिलिज हुने भएको छ । गतबर्ष नै बनेर तयार भएको फिल्म सुर्यबंशी कोरना महामारीका कारण सिनेमा हल बन्द भएपछि रिलिज हुन सकेको थिएन ।

    रोहिट शेट्टीको निर्देशन रहेको उक्त फिल्ममा अक्षयकुमारसँग कट्रीना कैफको प्रमुख भूमिका छ भने अजय देवगन र रणवीर सिंह विशेष भूमिकामा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images