images
images
  • १ सय ७० घरधुरीलाई निःशुल्क सोलार वितरण

    • images
    • ९ आश्विन २०७८

    जाजरकोट- ठुलिभेरी नगरपालिका-९ डोल्पाका १ सय ७० घरधुरीलाई निशुल्क सोलार वितरण गरिएको छ । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । शनिबार मोतिपुर, डाँगीबाडालगायत बस्तीका नागरिकलाई सोलार वितरण गरिएको हो ।

    नगरपालिकाको बीस लाख र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरीषद्को कार्यालयको पचास लाख गरेर कूल सत्तरी लाख अनुदान सहयोगमा सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिए ।

    जनताको माग अनुसार प्रत्येक घरधुरीलाई दुई सय वाटको प्यानल र एक सय पचास एम्पियरको ब्याट्री निस्शुल्क वितरण गरिएको भण्डारीको भनाइ छ ।

    ‘वर्तमान अवस्थामा सेवा दिइरहेको दुनैस्थित जैरीगार्ड जलविद्युतको घण्टौ लोडसेडिङ्ले जनताले हैरानी खेपेका थिए । उक्त समस्यालाई मध्येनजर गर्दै सोलार खरिद गरिएको हो । अब नागरिक अन्धकारबाट मुक्त भएका छन्,भण्डारीले भने।’

    प्रत्येक घरधुरीलाई खरिद र ढुवानीसहित उनान्चालीस हजार पाँच सय मूल्य बराबरको सोलार वितरण गरिएको भण्डारीले बताए । आफूहरूले सोलार पाउँदा खुसी लागेको स्थानीय सुनकुमारी कठायतले बताइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images