images
images
  • कांग्रेस अधिवेशन : खोटाङका चार पालिकामा सर्वसहमत, पाँचमा निर्वाचन

    खोटाङ- खोटाङका चार पालिकामा सर्वसहमतीमा कांग्रेस नगरसभापति चुनिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये शनिबार भएको नगररगाउँपालिका अधिवेशनअन्तर्गत ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा सहमतिमा सभापतिको चयन गरिएको हो ।

    ऐसेलुखर्क गाउँपालिकामा सन्तबीर तामाङ, बराहपोखरी गाउँपालिकामा दीपक राई ९खिलाराज०, रावाबेँसी गाउँपालिकामा फटिक श्रेष्ट र साकेला गाउँपालिकाका विजय गुरुङ ९भलाकाजी० सभापति चुनिएका हुन् ।

    यस्तै, चुनावी प्रक्रियाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रकाश श्रेष्ठ, जन्तेढुंगा गाउँपालिकामा बाजिन्द्र विष्ट र खोटेहाङ गाउँपालिकामा प्रेम थापा पालिका सभापतिमा विजयी भएको कांग्रेसले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकाको निर्वाचनको मत परिणाम आउन बाँकी छ ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाको अधिवेशन एक दिनपछि सरेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको वडाअधिबेसनको विषयलाई लिएर आइतबार बिहान १० बजेदेखि अधिवेशन सुरु गर्ने सहमति भएको कांग्रेसले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images