मौसम अनुसार मानिसले फलफुल खान रुचाउछन् । यस मध्य एउटा हो केरो । मानिसले खान रुचाउनेमा केरा पनि पर्ने गर्दछ । केराले भोक मात्र मेटाउँदैन शरीरमा ऊर्जा पनि दिन्छ । तर कस्तो खालको केरा कुन बेलामा खाने भनी थाहा पाउनुपर्छ । आयुर्वेदका अनुसार, केरा एक्लै खानुपर्छ । अन्य फलफूल वा खानेकुरा वा दूधसँग खानुहुँदैन ।अन्य थाहा पाउन हामी तपाईलाई आज भन्न गइरहेका छौ. ।
केरा खाने उत्तम समय
-बिहान व्यायाम गरेपछि
-राति कहिले पनि हुन्न
-खाना खानुअघि वा पछि हुन्न
-दूध खानुअघि वा पछि हुन्न
-बेलुका खाना खानुभन्दा एक घन्टा अघि केरा खाएको उत्तम हुन्छ ।
कस्तो खालको केरा खाने ?
पेट पनि भरिने अनि चिनी पनि कम भएको खानेकुरा चाहिन्छ भने अलिकति मात्र पाकेको केरा खाने गर्नुस् । यो प्रिबायोटिकको उत्तम स्रोत हो ।
पाकेको केरा गुलियो हुन्छ, छिट्टै पच्छ र यसमा उच्चस्तरका एन्टीअक्सिडेन्ट हुन्छन् । बोक्रामा दाग लागेका केरामा एन्टीअक्सिडेन्टको मात्रा उच्च हुन्छ । गुलियो खान मन लागेको बेलामा यस्तो केरा खानुस् । एजेन्सी


विश्व खबर 




















